३०० शैय्याभन्दा बढी क्षमताका सरकारी अस्पतालमा एमबीबीएस पढाइने
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
2.3k
Shares
काठमाडौं । सरकारले ३०० शैय्याभन्दा बढी क्षमताका सरकारी अस्पतालमा एमबीबीएस पढाउने व्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै १०० शैय्या वा सोभन्दा बढी क्षमता भएका भएका अस्पतालहरुमा नर्सिङ पढाइनेछ ।
आगामी आर्थिक वर्षमा भरतपुर, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।