सहकारीमा फसेको पाँच लाख रुपैयाँसम्मको रकम फिर्ता गरिने
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
892
Shares
काठमाडौँ । सरकारले सहकारी संस्थामा फसेको बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ता दिने भएको छ ।
सहकारी संस्थाको सञ्चालक तथा पदाधिकारीहरुको एकाघर परिवारको सदस्यको सम्पत्तिको सुरक्षणमा यो बराबरको रकम फिर्ता गर्ने व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत् जानकारी दिए ।
अहिले सहकारीमा लाखौँ बचतकर्ताको अर्बौँ रकम फसिरहेको छ । पहिलो चरणमा ५ लाखसम्म रकम फिर्ता गर्ने जनाइएको हो । अहिले बैंक तथा वित्तीय संस्थामा समेत ५ लाखसम्मको बचतमा सुरक्षणको व्यवस्था छ ।