arrow

प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
budget-81-82-y.jpg

काठमाडौँ । आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । राजश्व बाँडफाँट, समानीकरण अनुदान, समपूरक अनुदान तथा विशेष अनुदान समेत गरी सो बराबरको बजेट पठाउन लागिएको हो ।

त्यसमध्ये समानीकरण अनुदानका लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब छुट्याइएको छ । त्यस्तै, सशर्त अनुदानका लागि प्रदेशलाई २५ अर्ब ८४ करोड र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड छुट्याइएको छ । 

त्यस्तै सशर्त अनुदानतर्फ प्रदेशमा ६ अर्ब २० करोड तथा स्थानीय तहमा ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेशमा ४ अर्ब ४० करोड र स्थानीय तहमा ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यो वर्ष प्रदेश तथा स्थानीय तहमा १ खर्ब ५९ अर्ब रुपैयाँ बराबर राजश्व हस्तान्तरण हुने बजेटले अनुमान गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ