काठमाडौँ । चालु आर्थिक वर्षमा पूँजीगत खर्च ७१.३ प्रतिशत मात्रै हुने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गर्दै उक्त विश्लेषण गरेका हुन् ।
उनले यो वर्ष १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल खर्च हुने अनुमान गरे । यो कुल बजेटको ८७.४ प्रतिशत हो ।
त्यस्तै, चालु खर्च भने १० खर्ब ७६ अर्ब ४९ करोड रुपैयाँ बराबर हुनेछ । यो ९३.५ प्रतिशत हो ।
वित्तीय व्यवस्थातर्फ भने २ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ खर्च हुनेछ । यो ८०.५ प्रतिशत हो ।