arrow

कांग्रर्सको प्रदर्शन

भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराध, एउटाले सहकारीमा अर्कोले गिरीबन्धुमा काँध हाल्ने [भिडियो]

ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा, यो गठबन्धन सहकारीबन्धु गठबन्धन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
congress-birodh-sahakari.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरू ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रस्तुत हुन थालेको बताएका छन् । आइतबार कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बेहोरेको बताए । उनले ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवी, नागरिकको चिन्ताको बारेमा नभई सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सहकारीबन्धु गठबन्धन भएको बताए ।

उनले भने, ‘भ्रष्टाचारका प्रकरणहरू ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति प्रस्तुत हुन थालेको छ । सम्माननीय पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावमा बोकेर देखिनुभएको छ । तपाईँहरू सबैले सुनिरहनुभएको छ, कमरेड केपी ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न भनेको देश, श्रमजीवी, नागरिकको चिन्ताको बारेमा छैन । उहाँलाई केवल सहकारी प्रकरणमा गृहमन्त्रीजीको रक्षा कसरी गर्ने । एकातर्फ पूर्वप्रधानमन्त्रीको त्यो भूमिका देखिन्छ भने अर्कोतर्फ गृहमन्त्रीको भूमिका देखिन्छ की एमालेको अध्यक्षलाई गिरिबन्धु प्रकरणमा जोगाउन मज्जाले साथ दिएर जाने । एउटाले सहकारीमा ड्याम्मै काँध हाल्ने र अर्कोले गिरीबन्धुमा काँध हाल्ने । त्यसैले आज हामीले नामकरण गरेका छौँ । यो गठबन्धनको एउटाले सहकारी र गिरिबन्धु भन्ने । मिलाएर यो सहकारीबन्धु गठबन्धन हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ