तरुण दलले माग्यो सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
1.4k
Shares
काठमाडौँ । नेपाल तरुण दलले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको मागलाई एकसूत्रीय मागको रुपमा अगाडि सारेको छ । लामिछाने सहकारी ठगीमा परेका प्रमाणहरु बाहिरिँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारबाही नगरेको भन्दै तरुण दल आक्रोशित भएको हो ।
लाखौँ नेपालीहरु जोडिएको सहकारीमा भएको ठगीको अहिलेसम्म सरकारले छानबिन गरेको छैन । गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउन तरुण दलको माउ पार्टी नेपाली कांग्रेसले माग गरे पनि अहिलेसम्म समिति बनेको छैन ।
विरोधका क्रममा तरुण दलले राजधानीको कोटेश्वर चोकमा बिहीबार बेलुकी मसाल जुलुस प्रदर्शन गरेको छ । मुलुकभरमै मसाल जुलुसहरु निस्केका छन् ।