एसिया कप क्रिकेट खेल्ने महिला प्रारम्भिक टिमको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
822
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनोटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।
आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकाको डाम्बुलामा महिला एसिया कप हुँदैछ । प्रारम्भिक टिममा इन्दू बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
प्रतियोगिताको यो संस्करणमा आठ देश सहभागी हुने छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने यूएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्न दिने निर्णय गरको थियो ।
एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा यूएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।