arrow

सशस्त्रभित्र काजमा जनशक्ति राखेर राशनमा ठूलो चलखेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बलका कमाण्डरहरुले काजमा जनशक्ति राखेर राशनमा ठूलो चलखेल गरेको पाइएको छ । केन्द्रमा भन्दा काठमाडौँ बाहिर रहेका बाहिनी र गण र गुल्ममा यस्तो समस्या देखिएको छ । 

प्राप्त तथ्यांकअनुसार सबै बाहिनीहरुमा आवश्यकता भन्दा बढी जनशक्ति राखेको पाइएको छ । बाहिनीपतिहरुले  आवश्यकताभन्दा बढी जनशक्ति राखेर लेखापाल तथा कोट मास्टरसँग मिलेर राशनमा घोटाला गरेपछि सशस्त्र प्रहरी मुख्यालयले पत्राचार गरी काजमा रहेका र आवश्यकताभन्दा बढी दरबन्दी रहेका कर्मचारीलाई तुरुन्तै फिर्ता गर्न निर्देशन दिएको छ । 

आवश्यकता भन्दा बढी रहेका सशस्त्र प्रहरी कर्मचारीमध्ये केहीलाई बाहिर पठाउने, केहीलाई घर बिदामा राख्ने र केहीलाई कार्यालयभन्दा बाहिर कोठा लिएर बस्न दिने गरिएको छ । त्यसबापत उनीहरुले पाउने मासिक राशन भत्ता लेखापाल र कोट मास्टरलाई बुझाउनु पर्ने शर्तमा राखिएको छ ।  

सशस्त्रमा प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा सुरक्षामा कडाई गर्न थालेपछि गुपचुपमै बाहिनीपतिहरुले अतिरिक्त आम्दानीका लागि यस्तो विधि निर्माण गरेका हुन् । 

सरकारले राजश्व कम उठेको भन्दै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र भन्सारमा कडाइ गर्न आदेश दिएको थियो । साथै आईजीपी अर्यालले पनि सीमाबाट हुने तस्करी नरोके कमाण्ड नै खोसिदिने धम्की दिएको र केहीलाई सरुवासमेत गरेपछि बाहिनीपतिहरुले अतिरिक्त आम्दानीको स्रोतका रुपमा अतिरिक्त जनशक्ति काजमा राख्न थालेका हुन् । 

बाहिनीपतिहरुले दरबन्दीभन्दा बढी जनशक्ति राख्ने र उनीहरुलाई घर बिदामा पठाउँदा कमाउने माध्यम बनेको छ । देशभरका बाहिनीमा आवश्यकता भन्दा बढी दरबन्दी खाँदिएको पाएपछि केही दिनअघि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले परिपत्र गरी बढी जनशक्तिलाई हटाउन आदेश दिएका छन् । 

यसको सबैभन्दा बढी दुरुपयोग गर्नेमा डीआईजीहरु अञ्जनीकुमार पोखरेल,कुमार न्यौपान,लक्ष्मण सिंह  गणेश ठाडा रहेका छन् । ‘पूव क्षेत्रमा अञ्जनीकुमार पोखरेलले आफू मातहत रहेका कर्मचारीलाई दबाबमा राखेर बाहिनीमा कर्मचारी ल्याएका थिए’, स्रोतले भन्यो ‘बाहिर आफू राम्रो देखिने तर एक वर्षसम्म एकै व्यक्ति कोट मास्टर राखेर डिउटी मिलाउन लगाउनु भयो ।’

बराह बाहिनी मुख्यालय सुनसरीमा जम्मा जनशक्ति १७२ मात्रै रहेको छ । तर त्यहाँ ३ सय ७८ जनशक्ति रहेको पाइएको छ । २ सय ६ जना बढी जनशक्ति लिएर पोखरेलले दुरुपयोग गरेको देखिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । 

आवश्यक दरबन्दी भन्दा बढी रहेको जनशक्तिलाई घर बिदामा छाड्दा हरेक महिना ५ हजार ५ सयका दरले राशन भत्ता बाहिनीमा कोर्ट मास्टरलाई बुझाउनु पर्ने बाध्यता पारिएको थियो । 

यसरी एक वर्ष उनले आफू सादगी जीवन बिताएको भन्दै दरबन्दी भन्दा बढी जनशक्ति राखेर राशनमा घोटाला गरेको स्रोतको दाबफ छ । ‘घुमुवा खटाएर पनि मातहतलाई दुःख दिने एक पात्र डीआईजी पोखरेल हो । उहाँकै समयमा केही प्रहरी कर्मचारी डिप्रेशनको शिकारसमेत भए, केहीले जागिर नै छाड्नु पर्ने परिस्थिति आयो’, स्रोतले भन्यो ।
 
मधेस प्रदेशमा पनि ९९ जना बढी दरबन्दी रहेकोमा त्यहाँ पहिला नै कटौती गरी पठाइएको छ । त्यहाँ रहेको जनशक्तिलाई सीमा क्षेत्रको सुरक्षाका लागि खटाइएकाले त्यहाँ थप गर्ने गरी पठाउन लागिएको छ । गढीमाई बाहिनीमा रहेका गणेश ठाडा सबैभन्दा बढी जनशक्ति दुरुपयोग गर्ने डीआईजी हुन् । 

उनकोमा २ सय २७ जना बढी जनशक्ति रहेको छ । यसअघि छिन्नमस्ता बाहिनी प्रमख भएका डीआईजी ठाडामगरले आठ वटा जिल्लामा हालिमुहाली गरेका थिए । अहिले पनि मधेस प्रदेशबाट काठमाडौँ आउने नाका भएकाले उनकै हालिहाली रहेको मुख्यालय स्रोतले जनाएको छ । 

मुक्तिनाथ बाहिनी कास्कीका कालिदास धौबजी पनि जनशक्ति दुरुपयोग गर्ने अर्का डीआईजी हुन् । उनकोमा ८५ जना बढी जनशक्ति रहेको ती सबै आउट गएको रिपोर्ट मुख्यालयमा रहेको छ । उनी अहिले बराह बाहिनीमा पुगेका छन् । 

त्यहाँ पुगेपछि पोखरेलकै दरबन्दी कायम गराउने मानवस्रोत विभागमा सोर्स लगाउन थालेका छन् । विन्ध्यबासिनी बाहिनी रुपन्देही, महेश्वरी बाहिनी सुर्खेत, बैद्यनाथ बाहिनी कैलालीपनि जनशक्ति दुरुपयोग गर्ने बाहिनीहरु हुन् । 

रुपेन्देहीमा १५५, सुर्खेतमा १५२ र कैलालीमा २१२ जनशक्ति रहेकामा दुरुपयोग कम गर्नेमा भने पशुपतिनाथ बाहिनी मात्रै रहेको छ । सो बाहिनीमा दरबन्दीभन्दा बढी ३० जना मात्रै जनशक्ति भेटिएको थियो । त्यहाँ पुरुषोत्तम थापा कार्यरत रहेका थिए । उनलाई यसपटक कमाण्ड नदिएर अन्याय गरिएको छ । 

यसअघि सिपाहीलाई बिदामा पठाएर डीआईजीहरुले रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डीआईजी कारबाहीमा परेका थिए । चार वर्षअघि सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डीआईजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही गरेको थियो ।

अहिले पनि दरबन्दीभन्दा बढी जनशक्ति राख्ने बाहिनीपतिबारे सशस्त्र प्रहरी बलले आवश्यक छानबिन प्रकृया अघि बढाएको छ । डीआईजीहरु पोखरेल, न्यौपाने ठाडामगर राशन दुरुपयोग गर्नेमा परेको मुख्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ