arrow

आज छ प्रदेशमा वर्षा, यस्तो हुनेछ समग्रमा मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
meteorological-forcasting-d.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ