arrow

कोशी, मधेस र लुम्बिनीमा वर्षा, अन्य प्रदेशको स्थिति के छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी,  मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन–चट्याङहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ