arrow

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
tilganga-eye-hospital.jpg
तस्बिर-फाइल

काठमाडौँ । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशिष्ट सेवा उपलब्ध गराउने भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा अस्पतालले आइतबारबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ भवनको शुभारम्भ गरेका थिए ।

करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधा सम्पन्न र अस्पतालको रुपमा स्तरोन्नति भएको छ ।

सो अवसरमा कार्यकारी निर्देशक डा रुइतले भक्तपुरका हरेक नागरिकको पहुँचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिलपकारहरको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ