arrow

बाइडेन–ट्रम्प आमने सामने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
trump-biden1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपति बहस गर्न सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुईवटा राष्ट्रपति चुनाव लक्षित बहस हुनेछन् ।

पहिलो बहस सिएनएनले पहिलो बहस जर्जिया राज्यमा जुन २७ मा आयोजना गर्ने छ भने दोस्रो बहस एबिसीले सेप्टेम्बर १० मा आयोजना गर्ने छ ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई दुईवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले तुरुन्तै बहसको प्रस्तावलाई स्वीकार गरे ।

यद्यपि ट्रम्पले दुईको सट्टा तीनवटा बहसको प्रस्ताव राखेका थिए । ट्रम्पले अक्टोबर २ मा फक्स न्यूजमा तेस्रो बहस हुनुपर्ने बताएका थिए ।
 



लोकप्रिय समाचार
नयाँ