arrow

प्रतिनिधि सभा बैठक बस्न ढिलाइ, रविलाई बोल्न नदिने कांग्रेसको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो २ बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक दुई घण्टा ढिला हुन लाग्दासमेत शुरु हुन सकेको छैन । 

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोल्न नदिने अडान राखेपछि बैठक समयमा शुरु हुन नसकेको हो । 

अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।

अहिले दलहरुले आफ्नो दलमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ । 

यसअघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ