arrow

मालका सुब्बा तीस हजार घुससहित पक्राउ

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ वैशाख २४ सोमबार
malpot-kapilvastu.jpg

कपिलवस्तु । कपिलवस्तु मालपोत कार्यालयका एक सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित पक्राउ गरेको छ । 

कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियारको टोलीले जग्गा दाखिला खारिज गर्नका लागि सेवाग्राहीसँग घुस लिएको समयमा अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो । 

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट नगद रु ३० हजार घुससहित उनलाई पक्राउ गरेको हो । अख्तियारको बुटवलको टोलीले प्रकाउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ