arrow

जवरजस्ती करणी मद्दामा फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
purna-bahadur-gurung-kaski-police.jpg

पोखरा । जवरजस्ती करणी मद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ७ घर भई हाल पोेखरा महानगरपालिका वडा नं. १५ क्रान्तिटोल बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् । 

जिल्ला अदालत कास्कीले २०७९ कात्तिक २३ गते जबरजस्ती करणी मुद्दामा गुरुङबिरुद्ध ११ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना र दुई हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो । 

त्यसैबेलादेखि उनी फरार रहँदै आएका थिए । उनको खोजी गर्नेक्रमममा वडा प्रहरी कार्यालय रामबजारको टोलीले गुरुङलाई पक्राउ गरी आज आवश्यक कारबाहीका लागि अदालत पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ