arrow

आयो डीभीको नतिजा, हेरौँ यसरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डीभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डीभीको नतिजा सार्वजनिक भएको छ । 

अहिले सामाजिक सञ्जाल यही डीभीकै कारणले भरिरहेको छ । कसैलाई डीभी परेको छ भने कसैलाई नपरेको चिन्ता र कसैले डीभी नभरेको भन्दै आफूलाई आफ्नो देश नै प्यारो भनेर लेखिएका स्टाटस पनि देखिएका छन् । 

दूतावासले आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ