arrow

नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
rastriya-ekata-abhiyan-81-0.jpg

कास्की । राष्ट्रिय एकता अभियानले कास्कीमा सङ्गठन विस्तार गरेको छ । सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको हो ।

समितिको अध्यक्षमा सुनिल मर्सिनी चयन भएका छन् भने उपाध्यक्षमा टिकाकुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दू धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । 

नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएकोसमेत उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक विमान यथाशीघ्र  संचालनको व्यवस्था गर्नुपर्ने मागसमेत राखे । 

पोखरा विमानस्थललाई चीनले बीआरआईसँग जोडर अन्तर्राष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खण्डन र चीनलाई कूटनीतिक नोट नेपाल सरकारले माग नगरुन्जेल अन्तर्राष्ट्रिय समुदाय विमानस्थलप्रतिको सन्देह नहटने बताए । 

एयरपोर्टमा भएको भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा नल्याएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । 

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ