arrow

राप्तीसोनारीको बालापुरमा भीषण आगलागी, तीन घर जलेर नष्ट 

logo
सौरभ गिरी,
प्रकाशित २०८१ वैशाख २० बिहिबार
fire-banke-rapti-sonari.jpg

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर भीषण आगलागी भएको छ। बुधबार दिउँसो साढे १२ बजे बालापुरमा रहेको चुनलाल थारू, कमला गिरी र तुलसा गिरीका छुट्टाछुट्टै तीन वटा घरमा आगलागी भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं ४२ रिजर्भ गणबाट डीएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको १०५ जनाको टोलीले आगो नियन्त्रणमा लिएको हो ।

करिब २ घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिए पनि अन्दाजी ३५ लाख रुपैयाँको क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ। 

एक्कासी सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जादा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावर लगायत अन्न जलेर नष्ट भएको हो।

खरको छानो भएको घरम आगलागी हुँदा २ भैँसी, ६ बाख्रा र ७ भेँडा जलेर मरेका छन् ।

सुन जलेर नष्ट भएको छ । लत्ताकपडालगायत पनि नष्ट भएको छ । नेपाली सेना, स्थानीय प्रहरी र स्थानीयले आगलागी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सहयोग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ