arrow

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
sheikh-tamin-bin-hamad-al-t.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार थानीलाई मंगलबार साँझ ५ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।

कतारी राजा दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन्  । सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ ।

कतारी राजा आउँदा सुरक्षा व्यवस्था नेपाली सेनाले हेर्नेछ । दुई दिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् । 

त्यस्तै कतारका अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । 

थानी बुधबार नै काठमाडौँबाट फर्किने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ