arrow

सहकारी प्रकरणमा परेका दीपेश पुन धरौटी बुझाउन नसकेपछि जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
dipesh-pun-son-nandabahadur.jpg

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन् । धरौटी जम्मा गरेपछि उनी रिहा हुने छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए ।

त्यसैगरी पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २–२ लाख धरौटी माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ