arrow

जलिरहेको अवस्थामा युवतीको शव फेला, नजिकै बालिकाको जीवितै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
nepal-police12.jpg

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । 

उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो ।

 “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उनले भने। 

उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डिएसपी अवाले बताए । 

युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ