arrow

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
tu-university-1.jpg
तस्बिर-फाइल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् । 

विश्वविद्यालयको स्ववियु र सिनासबीच सम्पन्न सम्झौतामा हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही रु २५ हजार प्रदान गर्ने सहमति भएको छ । यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास र स्ववियुबीच सहकार्य गर्ने सहमति भएको छ । 

यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु र सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो । त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा र सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिए । 

सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको र राज्यबाट रु १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताए ।



लोकप्रिय समाचार
नयाँ