arrow

कोलकाता लाग्यो अगाडि, लखनउमाथि सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
ipl-2024-phil-salt-kkr.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६२ रनको लक्ष्य कोलकोताले १५.४ ओभरमै २ विकेट गुमाउदै पूरा गरेको थियो । कोलकोताका लागि फिल साल्टले अविजित रहँदै ४७ बलमा ८९ र कप्तान श्रेयस अय्यरले ३८ बलमा अविजित रहँदै ३८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । निकोलस पुरनले सर्वाधिक ४५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा मिचेल स्टार्कले ३ विकेट लिए । 

यो जारी आईपीएलमा कोलकोताको पाँचौँ खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लखनउको भने यो तेस्रो हार हो । ६ खेलमा ३ जित र ३ हार बेहोरेको लखनउको ६ अंक रहेको छ ।

राजस्थान रोयल्स ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । रोयल च्यालेन्जर्स बैंगलुरू २ अंकसहित पुछारमा छ । 

आइतबारको दोस्रो पाँच पटकका च्याम्पियनहरु मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आमने सामने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ