arrow

राजस्थानको शीर्ष स्थान कायमै, पञ्जाबमाथि जित, आज दुई खेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
ipl-2024-rr-pk.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सको शीर्ष स्थान कायमै रहेको छ । राजस्थानले गएराति भएको खेलमा पञ्जाब किंग्सलाई पराजित गरेको छ ।

राजस्थानले पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । 

राजस्थानका लागि यशस्वि जैसवालले ३९ रन बनाए । यसअघि पहिले ब्याटिङ गर्दै गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । जितेश शर्माले २९ रन बनाएका थिए । 

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी पञ्जाब किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।

आज दुई खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् । 

बेलुकी ७ः४५ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । कोलकाता, चेन्नई र लखनउको समान ६ अंक छ भने मुम्बईको ४ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ