arrow

राष्ट्रिय एकता अभियानका नेताहरु मनिष र ज्ञानेन्द्रलाई तत्काल रिहा गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
manish-purbey-gyanendra-jha.jpg

जनकपुरधाम । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरबाट आफ्ना नेताहरू मनिष पुर्वे र ज्ञानेन्द्र झाको पक्राउको विरोधमा विज्ञप्ति जारी गरेको छ।

अभियान महासचिव डा. प्रभात कुशवाहाले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरूको प्रक्राउलाई असंवैधानिक र अलोकतान्त्रिक कुकृत्यको संज्ञा दिँदै घोर भत्सर्ना गरेका छन् । 

जानकी मन्दिरको प्रांगणभित्र केही युवा युवतीहरू अश्लील कृयाकलाप गरिरहेका देखेर विरोध गर्दा दुवै हिन्दू अभियानीहरुलाई जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको बुझिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको स्थापनाको लागि प्रतिबद्ध अभियानका कार्यकर्ताहरूलाई पटक–पटक पक्राउ गर्ने, सरकारी संयन्त्रमार्फत धम्क्याउने, अभियानका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्ने कार्यले सरकारी संयन्त्र नै संघीयता र लोकतन्त्र समाप्त गरी नेपालमा एकात्मक राजतन्त्र फर्काउन लागेको ठहर हुन्छ। तर हजारौँ नागरिकको बलिदानपश्चात् मूलुकले पाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अक्षुण राख्न हामी संघर्ष गर्ने छौँ ।’ 

अभियानले जानकी मन्दिरको गरिमामाथि आँच पुर्याउने असामाजिक तत्वहरू तुरुन्तै प्रकाउ गरी हिन्दू अभियानीहरू मनिष पुर्वे र ज्ञानेन्द्र झालाई तत्काल रिहा गर्न मागसमेत गर्दै त्यसो नगरिएको खण्डमा अभियान आन्दोलनका कडा कार्यक्रमहरू संचालन गर्न बाध्य हुने भन्ँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ