arrow

रविलाई बचाउन प्रचण्ड र ओलीले संसद अधिवेशन अन्त्य गर्दै, दोष कांग्रेसलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
prachanda-oli-singhadarwar-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशन लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक चल्न नसकेको बताए । 

सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने “कांग्रेसले चल्न नदिएर हो ।” 

गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेको छ । 

तर अधिकांश सहकारी एमालेकै रहेकाले रविलाई राजीनामा गराउँदा त्यसको असर सबैभन्दा बढी एमालेलाई पर्ने ठानेर ओली रविको बचाउमा लागेका छन् । 

कांग्रेसलाई दोष देखाएर माओवादी र एमालेले अध्यावेशबाट विधेयक ल्याउने योजना बनाइरहेकोसमेत पाइएको छ । 

कांग्रेसले रविका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ