arrow

आज बस्ने राष्ट्रिय सभा बैठकको यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

“खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ