arrow

दार्चुलामा समयमै पाठ्यपुस्तक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
pathya-pustak-2080.jpg
तस्बिर-फाइल

खलङ्गा । दार्चुलामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । बर्सेनि पाठ्यपुस्तकको अभाव हुने यस जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो । 

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरू कहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । 

उनका अनुसार निःशुल्क रुपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेका छन् ।

यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो ।

“विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ, आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ”, एकाइ प्रमुख पन्तले भने । 

जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन् ।

अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ ।

समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ