arrow

खाली खुट्टा आएका नेताहरूको काठमाडौँमा घर, चार ओटा पजेरो कहाँबाट आयो ? [भिडियो]

२०४७ सालपछिका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
pradeep-yadahav-12-28.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरू र कर्मचारीहरूको सम्पत्तिको छानबिन गर्न माग गरेका हुन् । 

बहुदलपछि खालि खुट्टा आएका नेताहरूको चार, चार वटा घर काठमाडौँमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे । उनले भ्रष्ट नेताहरूलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताए ।

उनले भने – ‘२०४७ सालपछिको सम्पत्तिको छानबिन गरौँ । निश्चित रूपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरूको घर–घरमा चार, चार वटा पँजेरो, चार, चार ओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रूपमा छानबिन गर्नुपर्छ । तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती गर्‍यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यति मात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्छ ।’

उनले सहकारी ठगहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ