arrow

विमला राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
bimala-ghimire-12-28.jpg

काठमाडौँ । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत भएकाले उनी निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् । 

एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरूको साझा उम्मेदवार रहेकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरेकी थिइन् । बैठकमा ५५ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गरे । गत चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त भएको थियो । 

राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ