arrow

बैशाख २ सम्मका लागि प्रतिनिधि सभा स्थगित, सरकारले गरेन प्रतिपक्षका माग सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
parliemant-80-12-28.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बैशाख २ गते सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको माग सम्बोधन नगर्दा संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बैठक २ गतेसम्मका लागि स्थगित भएको जनाएका हुन् । 

यसअघि उनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसद खुलाउने विषयमा छलफल गरेका भए पनि विपक्षीले उठाएका मागमा सरकार राजी नभएपछि बैठक अगाडि बढ्न नसकेको हो । 

कांग्रेसले सहकारी प्रकरणमा मु्छिएका रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अडान राखेको छ । राजीनामा नदिने हो भने संसदीय छानबिन समिति बनाउनु पर्ने माग गरेको छ । 

बैठकमा कांग्रेसले संसदीय समिति गठनको माग निरन्तर उठाउँदै आएको छ भने राप्रपाले पनि त्यसको समर्थन गर्दै आफूहरुमाथि मंगलबार गृहमन्त्रीले चलाएको डण्डाको विरोध गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि विरोध जनाइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ