arrow

एक घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक शुरु, सहकारीको विकृतिविरुद्ध कांग्रेस आक्रोशित [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार

काठमाडौँ । सभामुख देवराज घिमिरेको फितलो भूमिकाका कारण प्रतिनिधि सभाको आजको बैठक एक घण्टा ढिला गरी बसेको छ । बैठक बिहान ११ बजेका लागि डाकिएको थियो । 

यसअघि हिजोको बैठक १५ मिनेटका लागि स्थगित गरेको भए पनि सभामुख घिमिरेले भूमिका खेल्न नसकेसँगै आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राखिरहेको छ । 

सरकारले भने छानबिन समिति बनाउन नपर्ने बताउँदै आएको छ । यसैबीच गृहमन्त्री लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धी विधेयकलाई आजको सम्भावित कार्यसूचीबाट हटाइएको छ । आफ्नै राजीनामा मागेका बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको हो ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडान लिँदै आएको छ ।

यो मामलामा सभामुख घिमिरे गैरजिम्मेवार बन्दै गएका छन् । उनले उल्टै कांग्रेसलाई सम्झाउन खोजेका मात्र छैनन् थुप्रै विधेयक संसद्मा अल्झेकाले संसद अवरुद्ध नगर्न भनेका थिए ।

तर तिनै एमालेबाट सभामुख बनेका घिमिरेले यसअघि भने एमाले प्रतिपक्षमा रहँदा नरम नीति लिएका थिए । त्यति बेला पनि विधेयक अलपत्र नै थिए । एमाले प्रतिपक्षमा बसेपछि मात्र एउटा विधेयक पारित भएको थियो ।

यसअघि सभामुख घिमिरे गैरजिम्मेवार बन्दै १० दिन संसद बन्द गरेर सांसदहरूको टिमसहित स्वीट्जरल्याण्ड गएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ