arrow

पञ्जाबमाथि हैदराबादको रोमाञ्चक जित, राजस्थान र गुजरात भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
ipl-2024-punjab-haidarabad.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले पञ्जाबलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमात्र बनाएपछि खेल २ रनले हारेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जाबले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ । 

राजस्थान र गुजरात भिड्दै
आज एक खेल हुँदैछ । आज राजस्थान रोयल्स र गुजरात टाइटान्सबीच भिडन्त हुँदैछ । जयपुरमा हुने यो खेल नेपाली समय बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ ।

जारी सिजनमा राजस्थान रोयल्स अपराजित रहँदै चार खेलमा जित हासिल गरेर ८ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै गुजरात टाइटान्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

 राजस्थान पहिलो सिजनको विजेता हो । गुजरातले पहिलो सहभागीतामै सन् २०२२ को उपाधि जितेको थियो । गत सिजनमा भने उपविजेता भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ