arrow

प्रतिनिधि सभाको बैठक अघि बढ्न सकेन, बुधबारसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
parliament-80-12-27a.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि भन्दै ५ मिनेट बसेर १ः१४ बजे स्थगित भएको बैठक सूचना टाँसेर मंगलबारका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

यसअघि मंगलबार शुरु भएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका गृहमन्त्री रवि लामिछानेमाथि कारबाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पूरा नभएसम्म संसद अगाडि बढाउन नदिने बताएको थियो ।

त्यसअघि मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, माओवादी, एमाले, रास्वपा र नेकपा एमालेका नेताहरुले सभामुख देवराज घिमिरेको पहलमा छलफल गरे पनि सहमति हुन सकेको थिएन । 

सहमति नगरी सभामुखले दुई घण्टा ढिला गरेर संसद बैठक अगाडि बढाउन खोजेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ