arrow

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि मनोनयन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ ।

नयाँ सत्ता समीकरणबनेसँगै राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

आज मनोनयन दर्तापछि भोलि दिउँसो पौने १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि प्रतिपक्ष दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ । 

एमालेले बिमला घिमिरेलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ