arrow

शीर्ष नेताहरूसँग सभामुखको बैठक दिउँसो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
KP-oli-Prachanda-Shre-bdr-deuwa.jpeg
तस्बिर फाइल

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूसँगको बैठक दिउसो बस्ने भएको छ । 

बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्ने भनिएको बैठक सरेर   दिउँसो २ बजे बस्ने भएको छ । 

बैठकमा प्रधानमन्त्री, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका शीर्ष नेतृत्वहरू सहभागी हुनेछन् ।

 बैठकले मंगलवार बस्ने प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विश्वास लिइएको छ । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगेपछि प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्दै आएको छ । 

कांग्रेसले मंगलवारसम्मको समय दिएर संसदीय छानबिन समितिको माग गरेको छ ।



नयाँ