arrow

दोलखा काठमाडौँ सम्पर्क समितिको वनभोजमा क्यालेण्डर विमोचन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
congress-dolakha-picnic-2080.jpg

काठमाडौँ। नेपाली काँग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् वनभोज कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौँ उपत्यकामा कार्यक्षेत्र बनाएर बसोबास गरिरहेका पार्टी नेता कार्यकर्ताहरूलाई लक्षित गरेर आयोजित वनभोज कार्यक्रमको अवसरमा २०८१ सालको नयाँ भित्ते पात्रोको समेत विमोचन हुने सम्पर्क समितिका सचिव रवि काफ्लेले जानकारी दिए।

कीर्तिपुरको चोभारमा शनिवार हुने शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रममा पार्टी नेता कार्यकर्ताहरूको सहभागिता रहने सम्पर्क समितिका सचिव काफ्लेले बताए।

दोलखा काठमाडौँ सम्पर्क समिति अध्यक्षको जिम्मेवारी सरोज शिवाकोटीलाई दिइए यता समितिले राजधानीमा बसोबास गर्दै आएका नेता कार्यकर्ता र शुभेच्छुकहरू लक्षित विभिन्न गतिविधिहरू गरिरहेकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ