नेपालगञ्जमा भण्डारण गरी राखिएको साढे १० लाखको कपडा र औषधि बरामद
सौरभ गिरी,
प्रकाशित २०८० चैत २१ बुधबार
724
Shares
नेपालगञ्ज । नेपालगञ्जबाट बाँके प्रहरीले भन्सार छलीको करिब साढे १० लाख रुपैयाँको अवैध सामाग्री बरामद गरेको छ।
नेपालगन्जस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरेर नेपालगन्ज ७ गगनगन्जमा रहेको असरफ अन्सारीको घरमा एक व्यक्तिले भाडा लिएर भण्डारण गरेर राखिएको अवस्थामा बिहान १० लाख ४३ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ठूलो परिमाणमा भिटामिनको औषधि बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
बाँके प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरुमा ४४३ थान कुर्ता सुरुवाल र गिन्टप क्याप्सुल (भिटामिन) ३ हजार पाता रहेको छ ।
प्रहरीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।