arrow

सकियो अल्टिमेटम : छानबिन समिति गठन नभए अब कांग्रेसले संसद चल्न नदिने [भिडियो]

जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
bishwaprakash-12-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् । 

उनले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरूले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालीनता कमजोरी लाग्यो भनेर प्रश्न समेत गरे । उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपिल गरे । नेपाली कांग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाई छ ।

उनले भने – ‘आज मैले यहाँ उभिएर प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै गर्दा केवल प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन । ५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरूको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ । संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसद्मा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालीनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडि सरकारलाई अपिल छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बायाँ हामी उभिने छैनौँ ।’

सांसद शर्माले मलेसियाको कानूनमा कुनै पनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गरेमा सुपुर्दगी गर्न सकिने उल्लेख गरिएको पनि उनले बताए । उनले किन जीबी राईलाई ल्याउन ढिलाइ भएको हो भनी प्रश्न गरे । उनले जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरूसँग रहेको पनि बताए ।

उनले भने – ‘गृहमन्त्री प्रतिपक्षमा हुनुहुन्थ्यो उहाँले खरो स्वरमा बोल्नुभयो र भने कि सरकारले जीबी राईलाई पक्राउ गर्न चाहेन । सरकारले जीबी राईलाई खोज्नै चाहेन । आज बोल्दै गर्दा भनिदिनु भयो आकाशमा होलान् । पातलमा होलान् । हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँलाई थाहा छ । प्रहरी प्रमुखले सुपुर्दगी सम्बन्धी कानून छैन भनेर भने । म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु, मलेसियाको कानूनमा भनिएको छ, यदि कुनै पनि देशको कोही अभियुक्त छ भने सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्‍यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्दा तर हामीले पाएको सूचनाअनुसार जीबी राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा भएको तथ्यमा हामी पुगिसकेको तथ्यलाई पनि म राख्न चाहन्छु ।’
 



नयाँ