arrow

कांग्रेसले मागेको छानबिन समितिको अल्टिमेटम सकियो, आउँदो बैठकमा समिति नल्याए बैठक ठप्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
bishwaprakash-sharma-80-12-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।

कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले माग पूरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।

शर्माले विगतमा संसद अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्नसमेत गर्नुभयो । 

उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपील गरे । नेपाली काँग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ