arrow

सीआईबीमा छँदा अन्याय भएको भन्दै डीएसपी कुँवरले दिए मन्त्रालयमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
rugam-kunwar-dsp.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बसेर कोभर्ट अप्रेशनमा संलग्न डीएसपी रुगम कुँवर आफूमाथि अन्याय भएको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् ।  

सुनको अवैध पैठारी तथा तस्करी जाँचबुझ आयोगले आफ्नो नाम उल्लेख गरेर अन्याय गरेको मन्त्रालयमा गुनासो दर्ता गराएका हुन् । अनुसन्धानमा संलग्न नभएको अवस्थामा आफ्नो नाम हालेर प्रतिवेदन बनाएको उल्लेख गर्दै उनले त्यसका उल्लेख भएका विषयवस्तुमा पुनर्विचार गर्न आग्रह गरका छन् ।
 
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनलाई अनुसन्धानमा प्रभाव पारेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो । 

कुँवरले आफूले सुन तस्करीको अनुसन्धानमा आफू संलग्न नभएको दाबी गर्दै आफूले कोही कसैलाई पनि जोगाउन लागि नपरेको उल्लेख गरेका छन् ।

आयोगले गलत सूचना र बिना प्रमाण विभागीय कारबाही सिफारिस गरेको भन्दै उनले प्रतिवेदन पुनर्विचारको मागसहित गत आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष निवेदन दिएका हुन् । 

डीएसपी कुँवरले आईजीपी वसन्तबहादुर कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएको छन् । आयोगले सुन तस्करी प्रकरणका फरार आरोपित जीवन चलाउनेसँग फोन सम्पर्क देखिएपछि उनलाई कारबाही सिफारिस गरेको थियो । 

प्रहरीलाई कारवाही गरिएको भएपनि सहसचिव झलकराम अधिकारी भने चीन भ्रमणमा पुगेका छन् । जीवनसँग फोन सम्पर्क स्वीकार गरेका कुँवरले सुन तस्करीबारे आफूलाई कुनै जानकारी नभएको निवेदनमा उल्लेख गरेका छन् । 

कुँवरसहित अधिकांश प्रहरी अधिकारीसँग जीवनको फोन सम्पर्क देखिएको छ । अरूलाई भने कुनै कारबाहीको सिफारिस गरिएको छैन । आयोगले सीआईबीका तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्य, एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाललाईसमेत कारबाही सिफारिस गरिएको थियो । प्रहरीलाई कारबाही गरेर राजनीतिक नेतृत्वलाई भने पूर्णतः उन्मुक्ति दिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ