arrow

श्रीमान् श्रीमतीबीच हतियार हानाहान, दुवै गम्भीर

logo
सौरभ गिरी, 
प्रकाशित २०८० चैत १९ सोमबार
Khajura_Gaunpalika.png

बाँके । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच भएको आपसी झगडामा हतियार हानाहान हुँदा  दुवै जना गम्भीर घाइते भएका छन् । आपसमा हानाहान हुँदा गम्भीर घाइते भएका दुवै जनाको उपचार भइरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ३ बीगाउँका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीचमा घरकै कोठामा भएको हानाहानमा मासु काट्ने धारिलो हतियार ‘दाउ’ पनि प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । धारिलो हतियारले श्रीमतीको घाँटीमा काटेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले श्रीमान् र श्रीमती कोठामा झगडा गरेको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोश अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिए । 

दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुवैको अवस्था गम्भीर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ