arrow

प्रधानमन्त्रीलाई चुनौती - गृहमन्त्री सहकारी प्रकरणमा मुछिएका छैनन् भन्नेबारे १७ सय सहकारी पीडितका अघि भनेर देखाउनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
artha-samiti-santosh-chalise.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरूसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । उनले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनकै लागि दोषी छैन भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताए । 

उनले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको छैन भन्ने जवाफ सत्र सय पोखराका सहकारी पीडितलाई दिन सक्नुहुन्छ ? भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । 

उनले सहकारीको रकम हिनामिना भएको बारेमा कानूनले तोकेको निकायबाट छानबिन भई जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने रवि लामिछानेले कुनै सहकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय जना पोखराका पीडितको बीचमा बसेर बोल्नुहोस् न त । यहाँ हाउसमा त कसले के भन्छ र बोल्नुभयो, जानुभयो । सत्र सय पीडितले होइन, उनको यहाँ कुनै पनि दोष छैन, संलग्नता छैन भनुन् न । त्यहाँ निवेदन परेको छ । यो त दुनियाँमा नभएको कुरा भइरहेको छ, यहाँ । जसले मन लाग्यो त्यसले जवाफ दिएर यो ठिक छ भन्न पाइन्छ, कानूनअनुसार के हो र कसले जवाफ दिने भन्ने विषय होला । समितिले दोषी ठहर गरेको खण्डमा कानून बमोजिम कारबाही भोग्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ