arrow

१० दिनपछि प्रतिनिधि सभाको बैठक बस्दै

स्वीट्जरल्याण्ड सभामुख जान बन्द भएको संसद आज खुल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्ड जान बन्द भएको संसद आज खुल्दै छ । 

सभामुख घिमिरे संसद बन्द गरेर स्वीट्जरल्याण्ड हानिएको १० दिनपछि आज प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । 

सभामुख अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को एक सय ४८ औँ महासभामा सहभागी हुन त्यहाँ गएका थिए । 

‍आज बिहान ११ बजे शुरु हुने बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

अर्थमन्त्री वर्षमान पुनले “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । साथै अर्थमन्त्रीले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० , भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ