arrow

आईपीएलमा आज दुई खेल, लखनउले खोल्यो खाता, पञ्जाब पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
ipl-2024-pk-lsg-shikhar.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात टाइटान्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । यो खेल दिउँसो ३ः४५ बजेदेखि अहमदाबादमा हुँदैछ । 

दोस्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल बेलुकी ७ः४५ देखि विशाखापट्नममा हुँदैछ । 

यसअघि गएरातिको खेलमा लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान शिखर धवनले सर्वाधिक ७० रन बनाए भने जोनी बेयररस्ट्रोले ४२, लियाम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए । त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्वाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जाबले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

अहिलेसम्म दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले समान २ खेल खेलेर अंक जोडेका छैनन् । 

चेन्नई, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले सतप्रतिशत नतिजासहित ४ अंक बटुलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ