arrow

दिल्लीले अझै खाता खोल्न सकेन, राजस्थानसँग १२ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
ipl-rajesthan-delhi-2024.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत बिहीबार रातिको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

जयपुरमा भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो । राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउँदै १७३ रन मात्र बनाएको थियो ।

दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने ट्रिस्टान स्टब्सले अविजित रहँदै २३ बलमा ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २(२ तथा आभेस खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा अविजित ८४ रनको इनिङ्सको मद्धतले २० ओभरमा ५ विकेट गुमाउँ,दै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । 

अहिलेसम्म दिल्ली, मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टसले मात्र खाता खोलेका छैनन् । 

शुक्रबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीच खेल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ