- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एक हजार रूपैयाँ नाघेपछि सर्वोत्तम शेयरको कारोबार बढ्न थालेको छ । बुधबारसम्म न्यून रहेको सो कम्पनीको कारोबार बिहीबार डेढ घण्टामै एक लाख कित्ता नाघेको हो ।
बढ्ने आशामा बुधबारसम्म शेयर बिक्री नगरेका शेयरधनीहरुले बिहीबारदेखि भने सप्लाइ बढाएका छन् । सोही कारण कारोबार बढ्न थालेको हो । सोही कारण बिहीबार कारोबार रकम, कारोबार संख्या र शेयर संख्याको आधारमा पहिलो स्थानमा रहेको छ ।
कारोबारको डेढ घण्टामै सो कम्पनीको एक लाख भन्दा बढी कित्ता शेयर खरिद बिक्री भइसकेको छ । २ हजार ३ सय भन्दा बढीले बिहीबार शेयर बिक्री गरिसकेका छन् ।
यो कारोबारपछि पनि बजारमा सर्वोत्तमको शेयरको माग उच्च नै छ । यसले मूल्य अझै बढ्न सक्ने देखाए पनि वास्तविकतामा भने आइतबारसम्म बेच्नेले बिहीबारकै मूल्यसमेत नपाउने अवस्था हुन सक्छ ।
बिहीबार उक्त कम्पनीको कारोबार १०८३ रुपैयाँमा भएको छ । यो आधारमा आइतबार ११९१ रुपैयाँसम्ममा शेयरको कारोबार हुन सक्छ । तर घटेको अवस्थामा ९७५ रुपैयाँसम्म झर्नसमेत सक्छ ।
आइतबार सकारात्मक सर्किट लाग्यो भने बजारमा सप्लाइ ह्वात्तै बढ्छ भने अहिले डिमाण्ड गरिरहेकाहरुसमेत शेयर किन्न हिच्किचाउँछन् । यसले गर्दा मूल्य घट्ने जोखिम हुन्छ ।
तर आइतबारसमेत समारात्मक सर्किटमै स्थिर भयो भने शेयरधनीले १२०० हाराहारीमा शेयर बेच्न सक्ने अवस्था हुन्छ । त्यसैले लामो समय होल्ड पनि नगर्ने र जोखिम पनि कम लिन चाहनेहरुले बजारमा शेयर सप्लाइ बढाइरहेको देखिन्छ ।