- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । उनलाई गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारततर्फ भाग्दै गरेका बेला कपिलवस्तुबाट नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई उनका जेठा छोरा निर्मलको जिम्मा लगाइएको छ । कान्छा छोरा राहुल भने सात महिना अघिदेखि सुन तस्करी प्रकरणकै अनुसन्धानमा क्रममा थुनामा छन् ।
महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानीमा छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
उनको स्वास्थ्य खराब नै थियो भने काठमाडौँ छाडेर कहाँ भाग्दै थिए त ? भन्ने प्रश्नको जवाफ भने पाइएको छैन ।
स्वास्थ्य अवस्था कमजोर भएको भन्दै हिरासतमा बस्नुपर्ने उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै संसदमा ठूला माछा पक्राउ गरिएको भनेर गृहमन्त्री रवि लामिछानेले भनेको भए पनि अब भने छर्लङ्गै भएको छ ।
महराका छोरा जुन प्रकरणमा पक्राउ परेका छन् महराको प्रकृति एउटै हो । अवैध सुन प्रकरणमा माओवादीका धेरै शीर्ष नेताहरु मुछिएको बताइन्छ ।