आईपीएलको नयाँ संस्करण शुक्रबारदेखि, यस्तो हुनेछ उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
720
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ संस्करण शुक्रबारदेखि शुरु हुने भएको छ ।
१० टिम सहभागी आईपीएलको उद्घाटन खेलमा चेन्नई र रोयल च्यालेन्जर्स बेंगलोर खेल्दैछन् । खेल राति ८ः१५ देखि शुरु हुनेछ । खेल चेन्नईको मैदानमा हुनेछ ।
प्रिमियर लिगको उद्घाटन कार्यक्रम भब्य हुने भएको छ । गायकद्वय एआर रहमान र सोनु निगम तथा बलिउड अभिनेताहरु अक्षय कुमार, टाइगर श्राफले उद्घाटनमा कला प्रस्तुत गर्नेछन् ।
एक घण्टासम्म चल्ने उद्घाटन साँझ ६ः४५ देखि शुरु हुनेछ । उद्घाटनमा बलिउडका चर्चिक कलाकारहरुले यसअघि प्रस्तुति दिइसकेका छन् । शाहरुख खान, सलमान खान लगायतका अभिनेताहरुले पनि उद्घाटनलाई थप रोमाञ्चकारी बनाइसकेका छन् ।