arrow

यस्तो छ आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
Parliament_building.png

काठमाडौँ  । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।आज बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले  खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । 

आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने र अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिनिधि सभाका प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आइ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ